काठमाण्डौ । गत मार्च २३ देखि सुएज नहरमा एउटा कार्गो जहाज फसेपछि त्यहाँ जाम बढेको छ। 

यो कार्गो जहाजको नाम एभर गिभन हो। एसिया र युरोपलाई जोड्ने इजिप्टलाई जोड्ने यो १९३ किलोमिटर लामो नहरमा कार्गो जहाजहरुको जाम बढेसँगै विश्व अर्थतन्त्रमा असर पर्ने सम्भावनामाथि आशंका गर्न थालिएको छ। 

झन्डै ४०० मिटर लामो ठूलो यो कार्गो जहाजका कारण अवरुद्ध हुन पुगेको सुएज नहर खोल्न थुप्रै साता लाग्ने बताइएको छ। यो नहर बन्द हुँदा हरेक दिन ९ अर्ब डलरको सामान आयात–निर्यात प्रभावित हुने बताइन्छ। 

यो नहर अवरुद्ध हुँदा थुप्रै देशमा तेलको आपूर्ति प्रभावित हुनेछ। नहर लामो समयसम्म अवरुद्ध भएमा तेलवाहक तथ्यांकको भाडा बढ्ने र यसको सीधा असर आमउपभोक्तालाई पर्ने देखिन्छ। 

यो सुएज नहर विश्वकै सबैभन्दा व्यस्त सिपिङ च्यानलमध्ये एउटा हो । यो नहरमा फसेको कार्गो जहाज निकाल्न लागिपरेको एउटा सेल्वेज कम्पनीका अनुसार नहर सुचारु गर्न थुप्रै साता लाग्न सक्छ । अहिले नहर दुवै दिशाबाट बन्द छ। 

यो नहर अवरुद्ध हुँदा विश्वभर दैनिक आवश्यकीय वस्तुको मूल्य बढ्न सक्छ । विशेषगरी पेट्रोलियम पदार्थको मूल्य प्रभावित हुन सक्छ। 

विश्वको १२ प्रतिशत व्यापार यही नहरका माध्यमबाट हुन्छ  भने विश्वका ३० प्रतिशत कार्गो जहाज यही नहर हुँदै जाने गर्छन्। 
कुल ग्लोबल ट्रेडको १० प्रतिशत आयात–निर्यात यही सुएज क्यानलमार्फत हुने गरेको छ। जसमा विश्वभर इन्धन आपूर्तिको ७ प्रतिशत हिस्सा सामेल छ। 

नहर अवरुद्ध भएपछि इन्टरनेसनल बेन्चमार्क ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य लगभग ३ प्रतिशतले बढेर ६३ डलर प्रतिब्यारल भएको छ। 

यो नहरहुँदै आउने सामान विशेषगरी पूर्वबाट पश्चिमतर्फ जाने गर्छ। 

इन्धनका अलावा पर्सियन गल्फबाट लिक्विफाइड नेचुरल ग्यास, चीनबाट फर्निचर, कपडा र सुपरमार्केटका लागि आवश्यक सामान यही नहरहुँदै ल्याइन्छ। नरह बन्द हुँदा सामानले भरिएका काग्रो जहाज त अड्केका छन् नै सामान झरेर फर्किने तयारी गरिरहेका खाली जहाजबाट पनि रोकिएका छन्। – एजेन्सी