काठमाण्डौ । स्याङ्जाको वालिङ नगरपालिका ८ मा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडले विभिन्न ९ पदमा दर्जनौका लागि जागिरको अवसर खुलाएको छ । 

यो लघुवित्त संस्थाले स्थायी पदपूर्तिका लागि सहायक प्रबन्धकदेखि सहायक सम्मका पदमा जागिरको अवसर खुलाएको हो । 

कम्पनीले व्यवस्थापकीय स्तरमा काम गर्ने गरी एकजना सहायक प्रबन्धक मागेको छ । स्नातक उत्तीर्ण भई बैंक तथा बित्तीय संस्थाको अधिकृत स्तरमा ५ वर्ष काम गरेकोले यो पदमा आवेदन दिन सक्नेछन् । 

यस्तै, २ जना अधिकृत समेत मागिएको छ । यो पदका लागि समेत स्नातक उत्तीर्ण भई बैंक तथा बित्तीय संस्थामा अधिकृत स्तरमा २ वर्ष काम गरेकोले आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ । 

केही सहायक अधिकृत, केही सुपरीवेक्षक, केही वरिष्ठ सहायक, वित्त तथा लेखातर्फ एकजना सहायक, आन्तरिक लेखापरीक्षणतर्फ पनि एकजना वरिष्ठ सहायक, आइटीतर्फ एकजना वरिष्ठ सहायक मागिएको छ । 

कम्पनीले सहायक स्तरमा काम गर्ने गरी केही सहायक पनि मागेको छ । यो पदमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्षको कार्यअनुभव हासिल गरेकोले दरखास्त दिनसक्ने बताइएको छ। 

कम्पनीले इच्छुकलाई अबको १५ दिनभित्र आवेदन दिइसक्न आग्रह गरेको छ। 

आवेदन सम्बन्धी अन्य जानकारीका लागि कम्पनीले प्रकाशन गरेका विज्ञापन हेर्नुहोस्: