काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कालिञ्चोक दर्शन लिमीटेडलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न अनुमति दिएको छ । 

बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता आइपीओ निश्कासनका लागि कात्तिक २३ गते अनुमति दिएको हो । 

यो कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ हो । ४८ करोड रुपैयाँ प्रमोटरको हिस्सा रहेको छ भने बाँकी २० प्रतिशतले हुने १२ करोड रुपैयाँ आइपीओबाट उठाउन खोजेको हो । 

यो कम्पनीले कालिञ्चोक भगवतीको मन्दिरसम्म पुग्न केवलकार निर्माण गरी २ वर्षअघिदेखि नै सञ्चालनमा ल्याइसकेको छ । 

कम्पनीको सेयर बिक्री  तथा निश्कासन प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।