काठमाण्डौ । सरकारले समयमै काम पूरा नगर्ने १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।
विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कार्यालय कालोसूचीमा राखेको हो।
कार्यालयले भारत–सप्तकोशी जेभी (काठमाण्डौ), हाइवे कन्स्ट्रक्सन प्रालि (चितवन), विधि बिल्डिर्स प्रालि (काठमाण्डौ), साइबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा (जाजरकोट), अनुकूल निर्माण सेवा (जुम्ला), हाइग्रिभा/सिद्धि साई प्रकाश जेभी (काठमाण्डौ), पाँचखाल कन्स्ट्रक्सन प्रालि (काठमाण्डौ), प्रभु निर्माण सेवा (सुर्खेत), सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्तायर्स प्रालि (काठमाण्डौ), एसएसके निर्माण सेवा प्रालि (रुपन्देही), सुमदिवी कन्स्ट्रक्सन (कैलाली) र नीलगिरी/नेसनल/क्यानोन जेभी (मकवानपुर) रहेका छन्।
यीमध्ये भारत–सप्तकोशी जेभीलाई २ वर्ष ६ महिना, हाइग्रिभा/सिद्धि साई प्रकाश जेभीलाई २ वर्ष र बाँकी कम्पनीलाई १ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको छ।
कालोसूचीमा राखिएको अवधिमा यी कम्पनीले कुनै पनि सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago