काठमाण्डौ । विश्वभरका लगानीकर्ताहरुले क्रिप्टोकरेन्सीमा गरिएको लगानी धमाधम झिकिरहेका छन्।
सन् २०२२ को पहिलो सातामै लगानीकर्ताहरुले क्रिप्टोकरेन्सीसँग जोडिएका इन्भेस्टमेन्ट प्रडक्ट र फन्डबाट २०७ मिलियन डलर झिकिसकेका छन्। उनीहरुले यस्तो समयमा धमाधम क्रिप्टोकरेन्सीमा गरिएको लगानी झिकिरहेका छन्, जब प्रमुख क्रिप्टोकरेन्सीहरुको भाउ लगातार घटिरहेको छ।
डिजिटल एसेट म्यानेजर क्वाइनसेयर्सका अनुसार गत डिसेम्बरपछि लगातार चौथो सातादेखि लगानीकर्ताहरुले क्रिप्टोकरेन्सी धमाधम बेचेर पैसा फिर्ता लगिरहेका छन्। यो ४ हप्तामा लगानीकर्ताहरुले ४६५ मिलियन डलरको क्रिप्टो बेचेका छन्।
पछिल्लो एक सातामा विश्वकै लोकप्रिय क्रिप्टोकरेन्स बिटक्वाइनबाट लगानीकर्ताहरुले १०७ मिलियन डलरको लगानी फिर्ता लगेका छन्। गत डिसेम्बर १२ मा बिटक्वाइनको भाउ ५० हजार डलरभन्दा माथि थियो। हाल यसको भाउ ४२ हजार डलरको आसपासमा रहेको छ। यो हिसाबले एकमहिनामै बिटक्वाइनको भाग लगभग २० प्रतिशतले घटेको छ।
क्वाइनसेयर्सका अनुसार अमेरिकी सेन्ट्रल बैंक फेडरल रिजर्भका कारण क्रिप्टोकरेन्सीको क्रेज कम हुँदै गइरहेको छ। फेडरल रिजर्भले बढ्दो महँगीप्रति चिन्ता जनाएको छ। यही कारण फेडरल रिजर्भले अनुमानभन्दा बढीले रेट बढाउने बाटो रोज्न सक्नेछ। यस्तो भएमा बजारमा तरलता बढ्नेछ र लगानीकर्तासँग क्रिप्टो गर्ने लगानीका लागि पैसाको कमी हुनेछ। – एजेन्सी
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago