बीबीसी । अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड टम्पसँग मिल्दोजुल्दो हेयरस्टाइल भएका कारण एक किराको नाम पनि डोनाल्ड  ट्रम्प नै राखिएको छ । 

यस्तो नाम भएको यो नै विश्वको पहिलो जीव हो । 

नियोपालपा डोनाल्ड ट्रम्पको खोज क्यालिफोर्नियामा क्यानेडियन शोधकर्ता वेजरिक नजारीले गरेका हुन् । 

टाउकोमा रहेको सुनजस्तै कपालका कारण यो किरा डोनाल्ड ट्रम्प जस्तै देखिन्छ । आश्चर्यलाग्दो यो छ कि राष्ट्रपति बाराक ओबामाको दुुई कार्यकालभरि उनको नामबाट ९ प्रजातिको नाम पनि बाराक ओबामा नै राखिएको थियो ।

यो नयाँ किराको पखेटा एक सेन्टीमिटर रहेको छ भने यो केही परसम्म फैलिनसक्छ । यस्तो किरा दक्षिणी क्यालिफोर्नियामा पाइएको हो । 

नजारीको आशा छ कि यो कामबाट ट्रम्प आफ्नो कार्यकालमा प्रेरित हुनेछन् र गम्भीर बिषयमा गम्भीर रुपमै प्रस्तुत हुनेछन् । शोधकर्ताले डोनाल्ड ट्रम्पले आफ्नो नामसँगै मिल्ने किराको संरक्षणका लागि विशेष पहल गर्ने आशा व्यक्त गरेका छन् ।