काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी संस्थाले सेयरधनीहरुलाई वितरण गर्नेछ।