काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७३१.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालन मुनाफा पनि ३ करोड ५७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो मुनाफा २४ लाख ४४ हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा संस्थाले १७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ३ करोड ८९ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाले ३ अर्ब ९८ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले १ अर्ब ५९ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार गत वर्षको तुलनामा ११७७.४५ प्रतिशतले बढेर १० करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ८४ लाख ६१ हजार रुपैयाँमा सीमित थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.४७ रुपैयाँ रहेको छ। पीई रेसियो १२५.२० गुणा रहेको संस्थाका प्रतिसेयर नेटवर्थ १२७.५२ रुपैयाँ रहेको छ।