काठमाण्डौ । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रवद्र्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी ‘केसिएमआइटी’ बीच विद्यार्थीलाई पढाइसँगै विभिन्न सीपमूलक जीवनउपयोगी तालिम तथा रोजगारी प्रदान गर्ने विषयमा सम्झौता भएको छ। 

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा भण्डारीले विद्यार्थीहरूको  क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए। सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिबद्ध रहेको चन्दले बताइन्। 

यस सहकार्यबाट बीबीएस र बीआईएममा अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्नेछन् भने रोजगारको अवसरसमेत पाउनेछन्। 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केसीएमआईटी नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित कलेज हो। कलेजले करिब दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। कलेजमा बीबीए, बीआईएम र बीसीए तीनवटा स्नातक तहको अध्ययनअध्यापन गराइन्छ।