काठमाण्डौ । कुमारी बैंक लिमीटेडले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

यो कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

कोरोना कहरका बीच बैंकले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव लगानीकर्ताका लागि सरप्राइज लाभांश बन्नसक्छ । 

यो प्रस्ताव बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।