काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ। 

यस अवसरमा हिजो शनिबार काठमाण्डौको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले गरे। पशुपति क्षेत्र विकास कोष, काठमाण्डौ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीको सक्रिय सहभागिता थियो।

हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे बैंकले आफ्नो २० वर्षको यो अनवरत यात्राका हरेका पलमा सम्पूर्ण शुभचिन्तकहरुले दिएको अथक साथ र विश्वासप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफ्ना निरन्तर सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने प्रेरणाका लागि बैकले हृदयगत आभार व्यक्त गरेको छ।