काठमाण्डौ । आफ्ना कर्मचारी, तिनका परिवारका सदस्य एवम्, ग्राहक वर्गको उच्चस्तरीय स्वास्थ्य जाँच गराउने सिलसिलामा कुमारी बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच आपसी सहमति भएको छ ।
सहमतिअनुरुप सुरुवातमा कुमारी बैंकले पुतलीसडक शाखाका कर्मचारी, तिनका पारिवारिक सदस्यहरू र आफ्ना ग्राहकमध्ये उपस्थित केही गरी करिब ५० जनाभन्दा बढी सदस्यहरूको पुतलीसडक शाखामा आज एक विशेष स्वास्थ्य जाँच शिविरको आयोजना गरियो ।
रोग रोकथाम एवम् रोग सुरुवाती अवस्थामै पत्ता लगाई आफ्ना कर्मचारी एवम् तिनका आफन्तको राम्रो स्वास्थ्य स्थितिको सुनिश्चितता गर्ने अभिप्रायले उक्त शिविरको आयोजना गरिएको थियो ।
“स्वास्थ्य नै धन हो” र राम्रो स्वास्थ्ययुक्त मानव संशाधन सबै संघ संस्था एवम् समाजकै निमित्त अपरिहार्य विषय हो । सुरुवाती योजनाअनुसार आज परीक्षण गरिएका कर्मचारी एवम् अन्य व्यक्तिहरूका लागि कम्तीमा एक सातासम्मका लागि अति विशिष्ट छुटमा थप परीक्षण नर्भिकमा गराइनेछ ।
पुतलीसडक शाखाका अलावा अन्य शाखाका कर्मचारी, तिनका पारिवारिक सदस्यहरू एवम् ग्राहक वर्गले समेत यो योजनाबाट लाभ लिनसक्ने व्यहोरा बैंकले उल्लेख गरेको छ ।
गत बैशाखदेखि नर्भिक आफ्नो स्तरीय स्वास्थ्य सेवाको २५ औं वर्षमा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यस्ता थप कार्यक्रमहरू गरिँदै जाने निर्णय गरेको हुँदा उक्त शिविर सञ्चालन गरिएको नर्भिकले जनाएको छ। नर्भिकले यसअघि विश्व खाद्य कार्यक्रम, लिट्टिल एञ्जेल स्कूल, श्रमज्योति कोअपरेटिभ जस्ता संस्थाहरूमा पनि यसखाले शिविर सञ्चालन गरिसकेको छ ।
7 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago