काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको पोखरास्थित चिप्लेढुंगामा रहेको शाखाको औपचारिक उद्घाटन गरिएको छ।
आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनबाट बैंक शाखाको औपचारिक कारोबार सुरु भएको हो। बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा रिबन काटेर शाखाको उद्घाटन गरेका थिए। कार्यक्रममा सञ्चालक सदस्यहरु झक्कप्रसाद आचार्य, डा हरिबहादुर केसी, इन्दिरा श्रेष्ठ मास्के, सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाई विशिष्ठ अतिथिका रुपमा रहेका थिए।
कार्यक्रममा बैंक परिसरमा रहेको एटीएम सेवाको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्यद्वय झक्कप्रसाद आचार्य र हरिप्रसाद पराजुलीबाट संयुक्त रुपमा भएको थियो।
कार्यक्रमको अध्यक्षता गरेका बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको तथा यस बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको बताए। हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिन सम्पूर्णमा आग्रह गर्दै उनले कर्मचारीहरुलाई पनि सेवाग्राहीले चासो लिएका विषय तथा निजलाई उपलब्ध गराउनुपर्ने सेवा सम्बन्धमा समयमै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडि बढ्न निर्देशन दिए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको ‘अरुलाई जोड्ने कृषिलाई नछोड्ने’ नीति रहेको उल्लेख गर्दै विगतदेखि वर्तमानसम्म आइपुग्दा अत्याधुनिक सेवाहरु प्रदान गर्दै हाल प्रचलनमा रहेका बैंकिङ क्षेत्रका सम्पुर्ण प्रोडक्टहरु, बैंकले उपलब्ध गराउँदै आएकोले सेवा गर्ने मौका प्रदान गर्न आग्रह गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखराका व्यवसायी बाबुराम गिरीले आजको प्रतिष्पर्धात्मक बैंकिङ बजारमा कृषि विकास बैंकले उद्योगीव्यवसायीहरुसँग सहज ढंगले सहकार्य गरी अगाडि बढनुपर्ने सुझाव दिए।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago