काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन्। 

मन्त्रीस्तरको निर्णयबाट मैनाली बैंक सञ्चालक सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सञ्चालक मैनालीसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन्। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका छन्। 

सपथ ग्राहण कार्यक्रममा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा हरिबहादुर केसी, डा इन्दिरा श्रेष्ठ (मास्के), सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईं, कृषि विकास बैंकका कामु उपमहाप्रबन्धक प्रताप सुवेदी र बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत उपस्थिति थियो।