काठमाण्डौ । कृषि विकास बैंकले काठमाण्डौको दक्षिणकाली नगरपालिका–३ चोखेलका स्थानीय किसानलाई किसान क्रेडिट कार्ड वितरण गरेको छ।

आज एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले ८३ वटा कार्ड किसान ग्राहकलाई उपलब्ध गराएका हुन्। यो कार्डमा कृषिसम्बन्धी बेचबिखनदेखि बीउ, मलखाद र मौसमसमेतको जाने हुने व्यवस्था रहेको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले किसान क्रेडिट कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पारेका थिए। उनले बैंकले उपलब्ध गराएका अन्य सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै भविष्यमा थप सेवाहरु सञ्चालन गरिने पनि बताए।

सोही अवसरमा उपाध्यायले  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत नेपालकै पुरानो विद्युत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्बिन वडा अध्यक्ष शिवभक्त बलामीलाई हस्तान्त्रणसमेत गरेका थिए।