काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ५५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको कुल ५५ करोड रुपैयाँ क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यो लगानी २०७७ चैत १ गतेदेखि २०७८ फागुन ३० गतेसम्मका लागि हुने बैंकले जनाएको छ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको कुल २५ करोड रुपैयाँमध्ये क वर्गका वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १ करोड २५ लाख रुपैयाँ लगानी गर्नेछ।
त्यस्तै राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको कुल ३० करोड रुपैयाँमध्ये क वर्गका वाणिज्य बैंकहरुमा २४ करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४ करोड ५० लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्रसम्बन्धी फाराम भरी यही फागुन १२ गते दिउँसो ३ बजेभित्र वित्त व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।
4 hours ago
5 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
10 hours ago