काठमाण्डौ । विश्वका विभिन्न राष्ट्रका नेताहरु कस्ता–कस्ता मोवाइल प्रयोग गर्छन् होला ? यो विषय आम चासोको बिषय हो । जस्तो अमेरिकी राष्ट्रपति बराक ओबामा ब्ल्याकबेरी फोन प्रयोग गर्छन् भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आइफोनका फ्यान हुन् । यसैगरी, विश्वका अन्य देशका नेता तथा कार्यकारी प्रमुखहरुले कुन–कुन कम्पनीको मोवाइल बोक्लान् ? 

केपी ओली, प्रधानमन्त्री-नेपाल
चर्चाको शिखरमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मोवाइलका सौखिन हुन् । उनी हाल एप्पलको आइफोन ६ र सामसङ कम्पनीको गरी दुईवटा मोवाइल बोक्छन् । उनले यी दुवै मोवाइल व्यक्तिगतदेखि अफिसियल कामका लागि समेत प्रयोग गर्छन । उनी पहिलादेखि नै एप्पलका उत्पादनहरु आइफोनका फ्यान रहेका छन् । 

नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदी आइफोन ५ बोक्छन् । सिल्भर कलरको यो फोनबाट अक्सर सेल्फी लिंदै गरेका मोदीका धेरै फोटोहरु सामाजिक सञ्जालहरुमा पोष्ट भइरहेका हुन्छन् । यही फोनमा उनले एप्पलका सीइओ टिम कुकदेखि विभिन्न देशका राष्ट्रप्रमुख तथा नेतासँग सेल्फी लिंदै गरेका फोटोहरु समेत बाहिर आएका छन् । तर आधिकारिक काममा उनले यो मोवाइल प्रयोग गर्दैनन् । 

अन्य देशका कार्यकारी प्रमुखहरुको रोजाईको मोवाइलको फोटोसहितको  जानकारी हेर्न तलका  फोटोमा क्लिक गर्नुहोस् ।