काठमाण्डौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिकामा मतगणना सुरु भएको छ । 

यो नगरपालिकाको सुरुवाती मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ । 

दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मतसहित अग्रता लिएकी छिन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रापका राम थापाले ७९ मत प्राप्त गरेका छन् । थापा गठबन्धनका संयुक्त उम्मेद्वार हुन् । 

उपमेयरमा भने गठबन्धनकी उम्मेद्वार रेगिना भट्टराईले ९० मतसहित अग्रता लिएकी छिन् । उनी कांग्रेसबाट गठबन्धनकी संयुक्त उम्मेद्वार हुन् ।  उनलाई नेकपा एमालेका अम्बिकाप्रसाद खनालले ७८ मतसहित पछ्याइरहेका छन् ।