काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमक नगरपालिकामा एमाले उम्मेद्वार डेञ्जर जोनमा पर्नसक्ने देखिएको छ । 

दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेद्वार राम थापाले एमाले उम्मेद्वारसँगको मतान्तर घटाउन थालेपछि यस्तो अवस्था देखिएको हो। 

हालसम्म त्यहाँ ८०० मत गणना गरिएको छ । जसअनुसार एमालेकी मेयर पदका उम्मेद्वार गीता अधिकारीले ३८० मतसहित अग्रता कायम राखेकी छिन् । 
उनलाई राप्रपाका थापाले ३६१ मतसहित पछ्याइरहेका छन् । 

थापाले बिस्तारै एमालेकी अधिकारीसँगको मतान्तर घटाउँदै लगेका देखिएको छ । 

यस्तै, दमकको उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ३५८ र एमालेका अम्बिका खनालले ३४० मत प्राप्त गरेका छन् । 

दमकमा राप्रपाका उम्मेद्वारलाई कांग्रेस र जसपाले सघाएका थिए ।