काठमाण्डौ । अनलाइन सपिङ प्लेटफर्म दराज डटकम डटएनपीले चारदिने अनलाइन सपिङ कार्निभल सुरु गरेको छ । तत्कालीन केमु डटकम डटएनपीबाट दराज डटकम डट एनपीमा रुपान्तरण भएको उपलक्ष्यमा दोहोरो छुटसहित ‘दराज कार्निभल सेल’ सुरु भएको हो ।

केमु नेपालको अनलाइन प्लाटफर्ममा अग्रणी स्थानमा रहँदै आएको थियो । आगामी दिनमा उसले दराज ब्राण्डबाट अझै परिष्कृत रुपमा आफ्नो उपस्थिति जनाउन लागेको हो । 

भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने कार्निभल सेलमा सेवाग्रहीले हरेक सामानको खरीदमा दोहोरो छुट पाउने छन् । दराजले अहिले प्रदान गरिरहेको छुटमा कार्निभल अवधि भर थप १० प्रतिशत छुट दिने दराजका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए ।

कानिर्भल अवधिमा दराज डटकम डटएनपीमा लगइन गरी मोबाइल, विद्युतीय सामाग्री, लत्ताकपडा, सौन्दर्यका उत्पादन लगायत दैनिक उपभोग्य सामान खरिद गर्नेले छुट पाउने बताइएको छ । आफूूले खरिद गरेको सामान चित्त नबुझेको खण्डमा सेवाग्राहीले सात दिन भित्रमा सामान फिर्ता गर्न सक्ने दराजले जनाएको छ ।

सबै किसिमका ब्राण्डेड उत्पादन एकै स्थानबाट सेवाग्राहीलाई सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित दराजले नयाँ ब्राण्ड नाम अघि सारेको हो । दराज समूहले नेपालसहित पाकिस्तान, श्रीलङ्का, बंगलादेश र म्यानमारमा पनि विगत तीन वर्षदेखि आफ्नो सेवा दिंदै आएको छ । पाँच मुलुकमा जनाएको उपस्थितिले अनलाइन प्लेटफर्ममा ठूलो संख्यामा सेवाग्राही आबद्ध हुने दाबी दराज समूहको छ । 

दराजले परिस्कृत रुपको नयाँ वेबसाइटसहित एण्ड्रोइड तथा एप्पल स्टोरमा एप समेत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले आफूलाई पायक पर्ने गरी कम्प्युटर तथा मोबाइलबाट सामान खरिद गर्न सकुन भन्नका लागि दराजले सबै प्लेटफर्ममा उपस्थिति जनाएको हो । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा प्रतिबद्ध रहेको दराजले आगामी दिनमा पनि यस्ता अनलाइन मेलाको आयोजना गर्ने लक्ष्य लिएको छ । केही समय अघि मात्र दराजले अनलाइन मोबाइल सप्ताह आयोजना गरेको थियो ।