काठमाण्डौ। काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वितरण गर्ने खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु भेटिएको छ।
उपत्यकामा खानेपानी वितरण गर्दै आएको केयूकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको हो। समयमै सावधानी नअपनाए यसले भयावह अवस्था सिर्जना हुन सक्ने स्वास्थकर्मीहरुले चेतावनी दिएका छन्।
स्वास्थ्य कार्यालय काठमाण्डौले मंगलबार र बुधबार पानीको नमुना परीक्षण गरेको थियो । त्यस क्रममा केयूकेएल र ट्यांकरले व्यवसायीले वितरण गर्ने पानीमा झाडापखाला र हैजाको जीवाणु भेटिएको हो। हैजा र झाडापखालाको जीवाणु भेटिएपछि स्वास्थ्यले केयूकेएललाई पानी थप प्रशोधन तथा शुद्धीकरण गर्न निर्देशन दिएको छ।
पछिल्लो समय उपत्यकामा वितरण गरिने पानीका स्रोतमै झाडापखाला तथा हैजाका जीवाणु भेटिएका छन्। त्यसैले केयूकेएल, ट्यांकर, जार तथा बोतलको पानी पनि उमालेरमात्रै पिउन सर्वसाधारणलाई आग्रह गरिएको स्वास्थकर्मीहरुले आग्रह गरेका छन्।
गत असार २ गते उपत्यकामा हैजाको संक्रमण पुष्टि भएको थियो । हालसम्म काठमाण्डौमा १३ र ललितपुरमा १ गरी १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago