काठमाण्डौ । केही समयता विश्वभरका सेयर बजारमा गिरावट आइरहेको छ। अमेरिकी बजारमा भने बुधबार सेलिङ प्रेसरको भयानक दृश्य देखिएको छ। एस एन्ड पी ५०० र डो जोन्समा लगभग दुई वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ।
एस एन्ड पी ५०० बुधबारको कारोबारमा चौतर्फी बिक्रीचाप परेपछि ४.०४ प्रतिशतले घट्यो। नास्डक कम्पोजिट ४.७३ प्रतिशतले तल झरेको थियो। त्यस्तै, डाउ जोन्स ३.५७ प्रतिशतले घटेको छ।
यो वर्ष अहिलेसम्म एस एन्ड पी ५०० १८ प्रतिशत तल झरेको छ। नास्डक जनवरीदेखि २७ प्रतिशतले घटेको छ। एस एन्ड पी ५०० मा सूचीकृत दुई तिहाइ कम्पनीका सेयरभाउ हाल आफ्नो ५२ हप्ताको उच्चबाट २० प्रतिशत वा बढी तल झरेको छ।
रेकर्डतोड मुद्रास्फीतिका कारण अमेरिकी सेयर बजारको अवस्था बिग्रिँदै गएको हो। अमेरिकामा खुद्रा मुद्रास्फीति अप्रिलमा थोरै घटेर ८.३ प्रतिशतमा पुगेको छ। तर यो अझै दशककै उच्चमा छ। यसअघि मार्चमा अमेरिकामा मुद्रास्फीति दर ८.५ प्रतिशत थियो। जुन पछिल्लो ४१ वर्षयताकै उच्च थियो।
फेडरल रिजर्भले रिपो दर बढाए पनि मुद्रास्फीति अपेक्षित रुपमा नियन्त्रण हुन सकेको छैन। यसबाट लगानीकर्ता डराएका छन्। अर्कोतर्फ फेडरल रिजर्भले यो साता मुद्रास्फीति नियन्त्रण नगरेसम्म ब्याजदर बढ्ने स्पष्ट पारेको छ। यसले पनि बजारको मनोबलमा प्रभाव पारेको छ।
विश्लेषकहरुले अमेरिकी बजारमा ठूलो गिरावट आउनुको मुख्य कारण मुद्रास्फीतिलाई मानिरहेका छन्। यसबाहेक रुस र युक्रेनबीच चलिरहेको युद्ध, विश्वव्यापी आपूर्ति शृंखलाको समस्या, चीनमा महामारीको नयाँ लहरले बजारलाई तल ल्याउनुपर्नेमा केन्द्रीय बैंकले गरेको मौद्रिक नीतिमा कडाइ गर्नुका साथै अन्य कारण छन्।
वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका अनुसार यस वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुमा अमेरिकामा आर्थिक मन्दी आउन सक्छ।
6 minutes ago
23 minutes ago
33 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago