काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताहरुको सुरक्षा बढाउन नयाँ फिचरहरु लन्च गरिरहन्छ। 

कम्पनीले धेरै डिभाइसहरुका लागि एपको सपोर्ट पनि समाप्त गर्दछ। ह्वाट्सएपले यस वर्ष धेरै डिभाइसहरुका लागि आफ्नो सपोर्ट समाप्त गर्दैछ।

सपोर्ट समाप्त भएपछि प्रयोगकर्ताहरुले सुरक्षा र सुविधाहरु अपडेटहरु प्राप्त गर्ने छैनन्। त्यसपछि ह्वाट्सएपले पनि फोनमा काम गर्न बन्द गर्छ। 

 ह्वाट्सएपले यसपटक ४९ वटा फोनहरुका लागि सपोर्ट समाप्त गर्दैछ। यसमा आईफोन र एन्ड्रोइड फोनहरु समावेश छन्।

रिपोर्टका अनुसार भोलि ३१ डिसेम्बरपछि ती फोनहरुले ह्वाट्सएप सपोर्ट पाउने छैनन्। यसको सपोर्ट ‘एप्पल आइफोन ५’, ‘आइफोन ५सी’मा पनि समाप्त हुनेछ। यस्तो अवस्थामा यदि तपाइँ अझै पनि यी फोनहरु प्रयोग गर्दै हुनुहुन्छ भने यसलाई अपडेट गर्ने समय आएको छ।

यसबाहेक एन्ड्रोइड ४ मा चल्ने एन्ड्रोइड डिभाइसका लागि ह्वाट्सएपको सपोर्ट पनि बन्द गरिनेछ। धेरै सामसुङ फोनहरु पनि यसमा समावेश छन्।

ह्वाट्सएपले फोनका लागि सपोर्ट बन्द गरेको यो पहिलोपटक होइन। कम्पनीले विगतमा पनि पुराना फोनमा ह्वाट्सएपको सपोर्ट बन्द गर्दै आएको छ।

अब २ दिनपछि यी फोनहरुका लागि ह्वाट्सएपको सपोर्टसमाप्त हुनेछ।

यद्यपि यो होइन कि सपोर्टपछि तुरुन्तै तपाइँको मोबाइलमा ह्वाट्सएपले काम गर्दैन। तपाइँले अहिले आवश्यक सुरक्षा सुविधाहरु र अद्यावधिकहरु प्राप्त गर्नुहुने छैन। तर, आगामी दिनमा ह्वाट्सएपले पनि काम गर्न छाड्नेछ। –एजेन्सी