काठमाण्डौ । बेलायतको समुद्री जहाज सञ्चालन गर्ने कम्पनी पी एन्ड ओ फेरिजले ३ मिनेटको जुम कलमार्फत आफ्ना ८०० कर्मचारीलाई जागिरबाट निकालेको छ।
केही महिनाअघि अमेरिकी कम्पनी बेटर डट कमले पनि जुम कलमार्फत ९०० कर्मचारीलाई जागिरबाट निकालेको थियो। यसरी नै ठूलो संख्यामा कर्मचारी निकाल्ने पी एन्ड ओ फेरिज दोस्रो कम्पनी बनेको छ।
यो सिपिङ कम्पनीले गत मार्च १७ मा आफ्ना कर्मचारीलाई ‘ठूलो घोषणा’ को भिडियो सन्देश पठाएको थियो। भिडियो सन्देशमा कम्पनीले अब थर्ड पार्टी क्रु प्रदायकको सहयोगमा आफ्नो कार्य सञ्चालन गर्ने जनाएको छ। ‘तसर्थ तपाइँहरु सबैलाई सेवाबाट तत्काल लागू हुने गरी हटाइएको छ। आज तपाइँको कामको अन्तिम दिन हुनेछ’, सन्देशमा भनिएको थियो।
कम्पनीका कर्मचारीहरुले यसबारे आफूहरुलाई पहिल्यै जानकारी नगरेको बताएका छन्। तर, कम्पनीका अधिकारीहरुले कर्मचारीहरुलाई ई–मेल, हुलाक, कुरियर र टेक्स्ट म्यासेजमार्फत जानकारी गराएको बताउँछन्। यो कम्पनीले विगत २ वर्षमा २० करोड पाउन्ड घाटा व्यहोरेको छ।
यो कम्पनीले समुद्रमा जहाजबाट यात्रा गर्ने सेवा प्रदान गर्दछ। यसमार्फत मानिसहरुले जहाजबाट अनलाइन टिकट बुकिङ गरी समुद्री यात्रा गर्न सक्छन्। –एजेन्सी
15 minutes ago
23 minutes ago
43 minutes ago
55 minutes ago
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago