काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले केही अनलाइन सञ्चारमाध्यममा बैंकका विषयमा प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

बैंकले बुधबार एक विज्ञप्ति जारी गर्दै यस बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक तथा सम्बन्धित व्यक्तिविरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो। ‘यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्त गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ। 

बैंकका बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिई तथ्यसत्यका आधारमा प्रकाशित गरिदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ। ‘यस बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एन्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नुपर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्थाबमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्ता (ब्चदष्तचबतष्यल त्चष्दगलब०ि सँगको समन्वयमा आवश्यक काम कारबाही अघि बढिरहेको र छिट्टैै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त समेत रहेको जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ अदालती प्रक्रियामा रहेको र सुनुवाइ हुँदै गरेको मुद्दामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनीय र कानुनसंगत नहुने व्यहोरासमेत सम्र्पूण सरोकारवाला सबैमा जानकारी गराउन चाहन्छौंँ ।’