काठमाण्डौ । नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अभिव्यक्तिलाई लिएर अहिले सेयर बजार तरङ्गित भएको छ । 

उनले सेयर बजारको अहिलेको अवस्था लगायतका विषयमा गरेको विश्लेषण बिजशालामा प्रकाशित भएपछि त्यसको समर्थन गर्ने र विरोध गर्नेहरुको लर्को देखिएको छ । 

सामाजिक सञ्जालमा सेयर लगानीकर्ताहरु उनको अभिव्यक्तिको विषयमा आ–आफ्नो मत सार्वजनिक गरिरहेका छन् । 

यही विषयलाई लिएर कतिपयले आक्रोश पोखिरहेका छन् भने कतिपयले उनको अभिव्यक्तिको समर्थन समेत गरिरहेको देखिन्छ । 

पूर्व गभर्नर क्षेत्रीले अहिलेको बजारलाई ‘सुन्निएको’ उपमा दिंदै नेप्से परिसूचक ३२०० पुग्नुलाई अस्वभाविक भनेका छन् । उनले नेप्से परिसूचक ७०० मा झर्नुपर्ने भनेपछि यसले धेरै लगानीकर्तालाई आक्रोशित बनाएको छ । 

पूर्व गभर्नरको हचुवाको भरमा विश्लेषण आएको भन्दै लगानीकर्ताको आक्रोश सामाजिक सञ्जालका भित्ताभरि पोखिएको देखिन्छ ।

पूर्व गभर्नरको यही भनाईलाई समाचार बनाएपछि कतिपय लगानीकर्ताले बिजशालाका केही संवाददाताहरुलाई धम्की समेत दिएका छन् । यसको पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले विज्ञप्ति जारी गरी विरोध जनाइरहेका छन् । 

सेयर बजारका लगानीकर्ता र बजारप्रति चासो राख्नेहरुका लागि तातो बहसको विषय बनेको पूर्व गभर्नर क्षेत्रीको भनाई र उनले बिजशालासँगको कुराकानीमा के के भनेका थिए त ? सुन्नुहोस् उनको अडियो: