– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले छिट्टै कमोडिटी मार्केट (वस्तु विनिमय बजार) पनि सञ्चालनमा ल्याउँदैछ।
धितोपत्र बोर्डका अनुसार कमोडिटी बजार सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। खासगरी कमोडिटी बजार र यो बजारमा गरिने वस्तुको कारोबारका विषयमा यहाँ चर्चा गर्न गइरहेका छौँ। विदेशीमा कमोडिटी बजार निकै पहिलेदेखि नै सञ्चालन हुँदै आए पनि नेपालका लागि नयाँ हो।
कमोडिटी भन्नाले के बुझिन्छ ?
कमोडिटी अर्थात वस्तु विनिमय भन्नाले त्यस्ता ब्रान्डिङ नगरिएका वस्तुहरु हुन्, जसलाई उत्पादन, किनबेच र उपभोग गर्न सकिन्छ। उदाहरणका लागि गहुँ, सुन, चाँदी, कच्चा तेल, तामा, चिया, कफी आदिको किनबेच हुन्छ। यस्तो किनबेच विद्युतीय माध्यमबाट उपभोक्ताकोमा पुग्ने गरी गरिन्छ। विदेशमा गहुँ, तेल, सुन, चाँदी आदि कारोबार भए पनि नेपालमा यसरी चिया, कफी, तरकारी, सुन्तला, धानजस्ता वस्तु किनबेच हुन सक्छ।
कमोडिटी बजार भनेको के हो ?
क्रेता र बिक्रेता एकै ठाउँमा भेला भएर वा नभएर तत्काल वा भविष्यमा हस्तान्तरण गर्ने गरी वस्तुको किनबेच गर्ने स्थान वा प्रणालीलाई कमोडिटी बजार भनिन्छ। यस्ता बजार दुई प्रकारका हुन्छन्–
१. हाताहाती बजार (अन द स्पट मार्केट)
यो बजारमा तत्काल वस्तु हस्तान्तरण हुने गरी गरिने कारोबार वा बजारलाई हाताहाती कारोबार वा स्पट बजार पनि भनिन्छ। उदाहरणका लागि कुनै समान बजारमा गएर पैसा तिरेर ल्याइन्छ भने हाताहाती कारोबार भनिन्छ। यस्तो बजारमा वस्तुको मूल्य र गुणस्तर तत्काल जाँच गरिन्छ। यो बजारमा वस्तुको मूल्य तत्कालको बजार मूल्यलाई आधार मानिन्छ भने भविष्यमा मूल्य परिवर्तनले कुनै असर पार्दैन। वस्तुको कारोबार तथा किनबेच आजै तय गरेर भविष्यको कुनै समयमा हस्तान्तरण हुने गरी पनि क्रेता र बिक्रेताबीच सम्झौता पनि हुन सक्छ।
२. भविष्यको बजार (फ्युचर मार्केट)
भविष्यमा कुनै समयमा आजै निर्धारण गरिएको गुणस्तर, मापदण्ड, परिणाम र स्थानमा वस्तु वा सम्पत्ति हस्तान्तरण गर्ने गर्ने बजारलाई भविष्यको बजार भनिन्छ। उदाहरणका लागि गाउँघरतिर सुन्तला नपाक्दै गरिएको व्यापारी र किसानबीचको सम्झौता तथा धान खरिदका लागि गरिएको धान ब्यापारी र किसानबीचको सम्झौतालाई बुझ्नुपर्छ। यो बजार पनि संगठित र असंगठित दुई प्रकारका हुन्छन्।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago