काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरुका लागि ‘कोप कार्ड’को सेवा प्रारम्भ गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरुका लागि सहकारी पहिचान सहितको ‘कोप कार्ड’को सुरुवात गरेका हुन् ।
यो कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारित हुनेछ भने नेपाल र भारतका एटीएम तथा पीओएस मार्फत जुनसुकै स्थानबाट सहजै चलाउन सकिनेछ ।
यो कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन् ।
यस सहकार्य पश्चात मुलुकभरका करिब ३३,००० सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन् ।
सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएमबाट रकम निकाल्न सक्नेछन भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गरी भुक्तानी गर्न सक्नेछन ।
यसले सहकारी सदस्यहरुको सहकारीप्रतिको विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा चौबिसै घण्टा उपलब्ध हुनेछ ।
कोप कार्ड प्रयोग गर्ने ग्राहकहरुले ग्लोबल आइएमई बैंकको २६६ एटीएमबाट रकम निकाल्दा कुनै शुल्क लाग्ने छैन।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
16 hours ago