काठमाण्डौ । कोभिड १९ लाई पराजित गर्नका लागि विश्वभर जारी लडाईमा निकै ठूलो झट्का लागेको छ । यो महामारी नियन्त्रणका लागि भनी बनाइएका चारवटा औषधि बेकार साबित भएका छन् । 

एक अध्ययनको क्रममा उपचारमा प्रयोग भइरहेका औषधिहरु रेमडेसिविर, हाइड्रोक्सीक्लोरोक्वीन, लोपिनाविर वा रिटोनाविर तथा इन्टरफेरोन नामका औषधिहरुको कोभिड १९ बाट ग्रस्त बिरामीहरुमा या त अति नै न्यून असर परेको वा कामै नलाग्ने रहेको देखिएको हो । 

पीटीआईमा छापिएको एक खबरका अनुसार डब्ल्यूएचओले शुक्रबार आफ्नो ६ महिनासम्म चलेको एक इन्टीग्रेटेड मेडिकल साइन्स टेस्टको नतिजा घोषणा गर्ने क्रममा यस्तो देखिएको हो । 

विश्व स्वास्थ्य संगठनकाअनुसार कोभिड १९ को उपचारका लागि विश्वभर निकै ठूलो परिमाणमा गरिएका अलग अलग अध्ययनका क्रममा गम्भीर रुपमा बिरामी मानिसहरुमा रेमडेसिविर औषधिको अत्यन्त न्यून मात्र प्रभाव परेको पाइयो भने धेरै बिरामीमा कुनै प्रभाव नै नपरेको भेटियो । 

अमेरिकी राष्ट्रपति कोरोना संक्रमित भएपछि यही औषधिको प्रयोग गरिएको थियो । यो औषधिको प्रयोग गर्नु पछाडिको कारण यसको प्रभाव कोभिड १९ का बिरामीहरुमा कस्तो पर्छ भन्ने नै रहे पनि निस्प्रभावी देखिएको विश्व स्वास्थ्य संगठनले प्रष्ट्याएको छ । 

अमेरिकाले मलेरियाको उपचारमा प्रयोग हुने रेमडेसिविर नामको औषधिलाई विशेष परिस्थितिमा कोभिड १९ को उपचारमा प्रयोग गर्नका लागि क्याटेगोराइज गरेको थियो । साथै, ब्रिटेन र यूरोपियन युनियनले पनि कोरोना भाइरसको उपचारमा यो औषधिलाई प्रयोगमा ल्याउन स्वीकृति दिएका थिए । 

अक्सफोर्ड युनिभरसिटीका प्रोफेसर मार्टिन लेण्डेले भनेका छन् कि हाइड्रोक्सीक्लोरोक्वीन तथा लोपिनाविरको विषयमा डब्ल्यूएचओको अध्ययनको निश्कर्ष करिब त्यही दिशामा छ, जस्तो निश्कर्ष ब्रिटेनमा गरिएको अध्ययनको क्रममा निस्किएको थियो । उनका अनुसार डब्ल्यूएचओको रिसर्चमा सबैभन्दा महत्वपूर्ण कुरा रेमडेसिविरको कुनै प्रभाव नपर्ने तथ्य पुष्टि भएको छ । 

स्मरणरहोस्, पछिल्लो समय नेपालमा पनि कोभिड १९ संक्रमितहरुको उपचारमा रेमडेसिविरको प्रयोग भइरहेको छ । शुक्रबार मात्रै सरकारले विभिन्न निजी औषधि आयातकर्ताहरुलाई रेमडेसिविर आयात तथा बिक्रीवितरणको अनुमति दिएको थियो । यो औषधिको प्रभाव नै नदेखिएपछि अब नेपालमा पनि यसको प्रयोग गर्ने या नगर्ने अन्यौल सिर्जना हुनसक्नेछ ।