काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसलाई ध्यानमा राखेर बीमा समितिले ल्याएको कोभिड–१९ बीमामा सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिएको छ।

यो बीमा योजना सुरु भएको एक महिनामै २ लाख बढीले बीमा गरिसकेको बीमा समितिले जनाएको छ। बीमा समितिको सोमबारसम्मको तथ्यांकअनुसार २ लाख १५ हजारजनाले कोभिड–१९ बीमा गरिसकेका छन्। 

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापगाइँले कोरोना बीमाबापत सोमबारसम्म १० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भइसकेको बताए। 

यो १ वर्षे बीमा अवधिको योजनाअन्तर्गत व्यक्तिगततर्फ १ हजार रुपैयाँमा १ लाख रुपैयाँको र ५०० रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था छ। परिवारकै बीमा गर्ने हो भने १ लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँका लागि ३०० सय रुपैयाँ रकम तिर्नुपर्ने बीमा समितिले व्यवस्था गरेको छ। 

बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिए यो योजनाअन्तर्गतको बीमा दाबी भुक्तानी हुने समितिले जनाएको छ। ‘यो अवधिसम्म बीमा दाबी भने परेको छैन’, चापागाइँले भने।