काठमाण्डौ। कोरोनाभाइरसले यतिखेर पूरै विश्वमा सन्त्रास छाएको छ। विभिन्न देशमा कोरोना रोकथामका लागि औषधि वा भ्याक्सिन विकासमा वैज्ञानिकहरु लागिपरेका छन्।

अहिले कोरोनाभाइरस रोकथामका लागि विश्वका अधिकांश देश लकडाउन गरिएका छन्। लकडाउन नै कोरोना संक्रमण फैलिन नदिने अचुक उपायका रुपमा लिइएको छ। 

अर्को उपाय भनेको यो भाइरसबाट बच्न मास्क र सेनिटाइजरको प्रयोग पनि हो। जसका कारण अहिले बजारमा मास्क र सेनिटाइजरको माग बढ्दो छ।

यस्तो कोरोनको इपिसेन्टर चीनका लागि भने यो भाइरस व्यापारको राम्रो माध्यम बनेको छ। सुरुआतमा चीन कहर मच्चाएको यो भाइरसले अहिले अमेरिका र युरोपेली मुलुकहरु इटाली, स्पेन, फ्रान्स र ब्रिटेनजस्ता मुलुकलाई आतंकित पारेको छ। 

चीनले अहिले मास्कलगायत मेडिकल वस्तुको व्यापारबाट राम्रै कमाइ गरिरहेको छ। अहिलेसम्म चीनले करिब ४ अर्ब मास्क अन्य देशमा बेचिसकेको छ। 

चीनको सीमाशुल्क विभागका एक अधिकारी जिन हेईका अनुसार मार्च १ देखि अहिलेसम्म ५० भन्दा बढी देशमा ३.८६ अर्ब मास्क, ३.७५ करोड सेफ्टी ड्रेस, १६हजार भेन्टिलेटर र २८.४ लाख कोभिड–१९ टेस्टिङ किट निर्यात गरिसकेको छ। 

हेईले यी सामान निर्यातबाट हालसम्म १०.२ अर्ब युआन यानी १.४ अर्ब डलरबराबरको कारोबार भइसकेको छ। 

यद्यपि चीनबाट आएृका मेडिकल सामग्रीमा नेदरल्यान्ड्स, फिलिपिन्स, क्रोएसिया, टर्की, स्पेन, नेपालजस्ता गुणहीन भएको आवाज उठिरहेको छ। 

नेदरल्यानडले गत साता चीनबाट मगाएको १३ लाख मास्कमा ६लाख मास्क गुणस्तरहीन भएको भन्दै फर्काइदिएको छ। स्पेनले पनि हजारौँ कोभिड–१९ टेस्ट किट खारेज गरेको छ। – एजेन्सी