काठमाण्डौ । तीन हजार १ सयको कोटामा दक्षिण कोरिया जानका लागि करिब ६० हजार ६ सय युवाहरुले आवेदन फारम भरेका छन् ।
गत वर्षको तुलनामा दक्षिण कोरिया जानका लागि फारम भर्नेहरु तुलनात्मक रुपमा ह्वात्तै बढेका हुन् । गत वर्ष ८ हजारको कोटाका लागि ५१ हजार ५ सय युवाले मात्र आवेदन भरेका थिए ।
आगामी असार ४ र ५ गते दक्षिण कोरिया जान इच्छुक भई फारम भरेका आवेदकहरुले भाषा परीक्षामा सहभागी हुनुपर्ने छ । सो परीक्षामा समेत उतीर्णमध्ये ३१ सय जनाले कोरिया जाने अवसर पाउनेछन् ।
इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाका अनुसार मुलुकका विभिन्न क्षेत्रबाट दक्षिण कोरियाका लागि दरखास्त फारम संकलन हुने काम भएको थियो । चार दिनको अवधिमा यति धेरै युवाहरुले फारम भरेका हुन् ।
कहाँबाट कतिले भरे ?
काठमाण्डौका ५ वटा क्षेत्रमा केन्द्र तोकेर दक्षिण कोरिया जान इच्छुक युवाहरुबाट भरिएको आवेदन फारम संकलन गर्ने काम भएको थियो । काठमाण्डौमा मात्रै मुलुककै सबैभन्दा धेरै ३१ हजार जानले फारम भरेका निर्देशक बास्तोलाले जानकारी दिए । उनका अनुसार काठमाण्डौपछि सबैभन्दा धेरै आवेदन धरानमा परेको छ, त्यहाँ १० हजार ६ सय जनाले आवेदन भरेका छन् । धरान केन्द्रमा पहिलो दिनमा ३ हजार २ सय बढी, दोश्रो दिनमा तीनहजार ३ सय बढी, तेश्रोमा ४ हजार बढी र चौथो दिनमा १ हजार ५ सय भन्दा बढीले आवेदन भरेका थिए ।
दक्षिण कोरियाप्रति मधेशका युवाहरुको आकर्षण भने खासै नदेखिएको बास्तोलाको भनाई छ । उनका लागि मधेशी युवाहरुलाई लक्षित गरी जनकपुरमा समेत आवेदन फारम संकलन केन्द्र तोकिएको थियो । त्यहाँबाट ४ दिनको अवधिमा २ सय ५० जनाले मात्रै फारम भरेका छन् ।
पोखरामा ९ हजार ६ सय भन्दा बढीले आवेदन फारम भरेका छन् । पोखरामा फारम भर्नेहरुले त्यही भाषा परीक्षाको अवसर प्राप्त गर्नेछन् भने अन्य केन्द्रबाट फारम भरेकाहरु भाषा परीक्षाका लागि भने काठमाण्डौ नै आउनुपर्नेछ ।
काठमाण्डौ बाहेक धरान, पोखरा, डडेलधुरा, बुटवल र जनकपुरमा इपीएसको फारम भर्ने केन्द्रहरु तोकिएको थियो । निर्देशक बास्तोलाले यो बर्षजस्तो अर्को वर्षदेखि युवाहरुले फारम भर्नैका लागि घण्टौ लाइनमा बस्न नपर्ने व्यवस्थाका लागि प्रयासरत रहेको प्रष्ट्याएका छन् । यो वर्ष पनि गत वर्षको तुलनामा लाइनमा बसेका युवाहरुलाई निकै व्यवस्थित गरिएको समेत उनले जानकारी दिए ।
निर्देशक बास्तोलाका अनुसार गत वर्षको कुल आवेदकमध्ये १० प्रतिशत महिला आवेदक रहेकामा यो वर्ष त्यो संख्या बढेर १५ प्रतिशत पुगेको छ। यसबाट दक्षिण कोरिया जान युवतीहरुको आकर्षण समेत बढेको देखिइने उनले प्रष्ट पारे ।
6 minutes ago
14 minutes ago
34 minutes ago
46 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago