काठमाण्डौ । गणतन्त्र कोरियाका राष्ट्रिय सभाका सभामुख चुङ वी ह्वाले नेपालले नयाँ संविधानमार्फत शीघ्र आर्थिक सम्वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसंगको भेटका क्रममा कोरियाका सभामुखले त्यस्तो विश्वास व्यक्त गरेका हुन् ।
ह्वाले नयाँ संविधानले नेपालमा राजनीतिक स्थिरता हुने र आर्थिक विकासमा मद्धत पुग्न जाने विश्वास व्यक्त गरे । उनले नेपाल र कोरियाबीचको सम्बन्धबारे चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उच्चपदस्थ कोरियन प्रतिनिधि मण्डललाई स्वागत गर्दै सभामुख ह्वाको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध बिस्तारमा ठोस मद्धत पुग्ने दाबी गरे । उनले भेटघाट कार्यक्रमले नेपाल र कोरियाका व्यवसायीबीच सम्बन्ध अभिवृद्धि भई दुई देशबीचको आर्थिक क्रियाकलाप अभिवृति हुने विश्वास समेत व्यक्त गरे ।
श्रेष्ठले कोरियाली उत्पादनहरु नेपालमा प्रख्यात रहेकोले नेपालमै उत्पादन गर्ने वातावरण बनाउन समेत कोरियन लगानीकर्ताहरुलाई आग्रह गरे । उनले कोरियासँग नेपालको व्यापारघाटा बारे चर्चा गर्दै नेपालमा उत्पादित बस्तुहरुको कोरियामा प्रवद्र्धन गर्ने कार्यमा सहयोग गर्न समेत प्रतिनिधिमण्डललाई आग्रह गरे ।
भ्रमण प्रनिनिधिमण्डलमा गणतन्त्र कोरियाको राष्ट्रिय सभाका सदस्यहरु, सभामुखका प्रवक्ता, महाप्रबन्धक, कन्सुलर लगायत २५ जना सहभागी थिए ।
नेपालको तर्फबाट चेम्बरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, कोषाध्यक्ष राजेन्द्र अर्याल, सचिव देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, पर्शुराम दाहाल लगायतको सहभागिता थियो ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago