काठमाण्डौ । महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको खोप बनाउन यतिबेला विश्वभरका वैज्ञानिकहरु लागिपरेका छन् । तत्काललाई कोरोनाबाट बच्न सामाजिक दुुरी बनाउनुु र सावधानी अपनाउनुुको उत्तम विकल्प छैन । 

तर कतिपय मानिसहरु विभिन्न माध्यमबाट फैलिएका अफवाहहरु र हल्लाका पछाडि लागेर कोरोनाबाट बच्ने भन्दै खतरापूर्ण हर्कतहरु गर्न पछि पर्दैनन् । इरानमा पनि यस्तै हल्ला र अफवाहका पछाडि लाग्दा एउटा दुुखद घटना घटेको छ । 

इरानमा मिथाइल पिउँदा कोरोना संक्रमण हुुँदैन भनेर अफवाह फैलिएको थियो । जसलाई साँचो ठानेर सर्वसाधारणले पिउदाँ करीब ७०० भन्दा धेरै मानिसहरुको मृत्युु भएको छ । 

इरानको स्वास्थ्य मन्त्रालयका सल्लाहकार हुुसेन हसैनियनका अनुुसार विषाक्त मदिरा पिएर करीब २०० जनाको मृत्युु अस्पताल बाहिर नै भएकाले अलग अलग माध्यमबाट भएको मृत्युको आँकडामा अन्तर देखिएको हो । 

गत वर्षको अप्रिल महिनाको सरकारी आँकडा हेर्दा यो वर्ष इरानमा विषाक्त मदिरा पिएको घटनामा १० गुुणाको बढोत्तरी आएको छ । कोरोनाबाट बच्ने भन्दै इरानमा यतिबेला विषाक्त मदिरा पिउनेको संख्या ह्वात्तै बढेको छ । 

इरानको सरकारी आँकडाका अनुुसार २० फेब्रुुअरी देखि ७ अप्रिलकोबीचमा ७२८ इरानी नागरिकको विषाक्त मदिराको कारण मृत्युु भएको छ । 

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किन्यौस जहानपुुरका अनुसार विषाक्त मिथाइल मदिराका पिएका कारण ५२५ जनाको मृत्युु भएको छ । जहानपुरका अनुुसार मिथाइल मदिराका कारण ५०११ जनाको स्वास्थ्य अवस्था बिग्रीएको थियो । यतिबेला इरानमा ४० वटा मदिराका कारखानाहरु रहेका छन् । तर यी सबै कारखानाहरुले यतिबेला मदिराको साटो सेनिटाइजर र कोरोनाभाइरससँग जुुध्न चाहिने अन्य सामाग्रीहरु उत्पादन गरिरहेको छ ।