काठमाण्डौ । युुरोपमा कोरोनाबाट मृत्युु हुुनेको देशको सूचीमा बेलायतले इटलीलाई उछिनेको छ।

बेलायतमा यतिबेला कोरोनाबाट मृत्युु हुुनेको संख्याले ३२ हजारको आँकडा पार गरेको छ। यो संख्या युुरोपकै सबैभन्दा धेरै हो। यसअघि यस क्षेत्रमा इटलीमा सबैभन्दा धेरै मृत्युुको घटना देखिएको थियो। 

बेलायतको राष्ट्रिय तथ्यांक विभागले मंगलबार उपलब्ध गराएको आधिकारिक आँकडाअनुुसार बेलयातमा अप्रिल २४ सम्म कोरोनाबाट २९ हजार ६४८ को मृत्युु भएको थियो। रोयर्टसका अनुुसार स्कटल्याण्ड र उत्तरी आयरल्यान्डमा भएको अतिरिक्त मृत्युका कारण बेलायतमा कोरोनाबाट मृत्युु हुुनेको संख्या ३२३१३ पुुगेको छ। यसको मतलब युुरोपमा कोरोनाबाट सबैभन्दा मृत्युु हुुने देशमा बेलायत पहिलो स्थानमा पुुगेको छ। 

त्यस्तै विश्वमा अमेरिकापछि सबैभन्दा मृत्युु हुुने देशको सूचीमा बेलायत दोस्रो स्थानमा उक्लिएको छ। 

जोन होप्किन्स युुनिभर्सिटीका अनुुसार यतिबेलासम्म इटलीमा कोरोनाबाट मृत्युु हुुनेको संख्या २९ हजार ७९ पुुगेको छ। 

बेलायतमा सर्वप्रथम कोरोना संक्रमण देखिँदा यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै बेलायतको विपक्षी पार्टी र कानुुनविदहरुले प्रधानमन्त्री बोरिस जोनसनको कडा आलोचना गरिरहेका छन्। सुुरुआती चरणमा लकडाउन लागूू गर्न जोनसन त्यति इच्छुक देखिएका थिएनन्। – एजेन्सी