कोरोनाभाइरसले केही महिना विश्वभर विनाशलीला मच्चाइरह“दा नेपाललाई भने त्यस विरुद्ध पूर्व तयारी गर्ने पर्याप्त समय थियो। सम्भाव्य संक्रमणको खतराबाट बच्न भाइरस सर्न सक्ने सबै बाटाहरु अवरुद्ध (चेन ब्रेक) गर्नु सबैभन्दा महत्वपूर्ण काम भएकाले अन्तर्राष्ट्रिय हवाई सेवा र छिमेकी देशसँगका खुला नाकाहरु पूर्ण रुपले बन्द गर्ने वा देश भित्रने नाकाहरुमा सुरक्षा सतर्कताका साथ भाइरस संक्रमण भए नभएको पहिचान गर्ने भरपर्दो स्वास्थ्य जा“च प्रणालीको व्यवस्था गरिनुपथ्र्यो।

संक्रमण नभएकालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी सिधै घर पठाउने, लक्षण देखिएका तर संक्रमण नदेखिएकाहरुलाई सुरक्षित क्वारेन्टाइनमा र संक्रमितहरुलाई सीधै कोरोना अस्पतालहरुमा पठाउने व्यवस्था मिलाउन सकिन्थ्यो। यसका लागि सबै सीमानाकाहरुमा भरपर्दो आरडीटी कीटहरु भए आरडीटी, नत्र पीसीआर चेकजा“च प्रणालीको व्यवस्था गरिनुपथ्र्यो। सीमा नाकाहरुमा भरपर्दो जा“चको व्यवस्था, पर्याप्त होेल्डिङ सेन्टरहरु र सुरक्षित क्वारेन्टाइनको व्यवस्था गरिएको भए लकडाउन नै गर्नुपर्दैनथ्यो र अहिलेको अस्तव्यस्त, निकै खर्चिलो, देशको अर्थतन्त्र नै धरासायी हुने र नागरिकहरुले अकालमा ज्यान गुमाउनुपर्नेसम्मको असुरक्षित नाजुक अवस्था आउँदैनथ्यो।  

भाइरस रोकथामका लागि गरिनुपर्ने आवश्यक पूर्वतयारी गर्नुको साटो पद, पावर र पैसाको खिचातानीमा राज्यशक्ति र स्रोतको दुरुपयोग गरियो। विभिन्न लेख तथा अभिव्यक्तिबाट केही नागरिकहरु र पत्रपत्रिकाका सम्पादकहरुले सुरक्षाको आवश्यक पूर्वतयारी गर्न सरकारलाई सचेत गराउ“दा सरकार प्रमुख र सम्बद्ध मन्त्रीबाट उल्टै गैरजिम्मेवार अभिव्यक्तिहरु आए। छिमेकी देशहरुमा भाइरसको संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय हवाई सेवामा रोक लगायो र भारतको सिको गर्दै लकडाउन नामको ब्रह्मास्त्रका माध्यमबाट देशलाई अधोगतिमा धकेली कैयौं नागरिकहरुलाई बीच बाटोमै अलपत्र पारी भोक, रोग, शोकले तडपिएर मर्न बाध्य पारिएको छ भने सुरक्षित व्यवस्थापन गरिनुको सट्टा हचुवाको भरमा उद्योग, धन्दा, व्यापार, व्यवसाय, सेवा क्षेत्र आदि बन्द गरिदा अधिकांशको बा“च्ने आधार गुमेको छ, समग्रमा देशको भविष्य नै अन्धकार पारिएको छ। 

समाजवादको सिद्धान्तबमोजिम स्रोत तथा उत्पादनको न्यायपूर्ण समान वितरण गर्ने, सर्वहाराको मसिहा ठानिएको दुई तिहाइको शक्तिशाली सरकार सर्वहाराको उत्थान र देश विकासमा लाग्नुको सट्टा व्यक्तिगत र दलगत क्षणिक फाइदाका लागि देशका स्रोतसाधनहरु विदेशीहरुलाई सुम्पी अर्थतन्त्र धराशायी बनाएर जनतालाई दाश बनाउनमा उद्यत रहेको देखिन्छ। जनताबाट प्राप्त शक्तिको दुरुपयोग गरेर अतिसंवेदनशील यो संकटको घडीमा पनि लकडाउनको फाइदा उठाउ“दै प्राकृतिक स्रोत–सम्पदा बहुमूल्य वनजंगलकोे विनाश गरिन थारिएको छ। 

एकातिर नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्दै नक्कली आरडीटी किटहरु भित्रायाएर राज्यस्रोतको दुरुपयोग गरी ठूलो रकम कुम्ल्याएका समाचारहरु सुन्नमा आएका छन् भने अर्कोतिर खरीद गरिएका नक्कली कीटहरुबाट संक्रमितको सही पहिचान नहु“दा समुदायमा भाइरसको संक्रमण फैलिन गई नागरिकको ज्यान खतरामा परेको छ र दिनहुँ सर्वसाधारण नागरिकहरुले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ। 

प्राप्त शक्तिको दुरुपयोग गरेर शक्तिदातालाई नै सिध्याउन उद्यत भस्मासुरझैँ यो अदूरदर्शी गैरजिम्मेवार सरकार निकै तल गिरेर नागरिकहरुको स्वास्थ्यमाथि व्यापार गरिरहेछ। भाइरसको सम्भाव्य संक्रमणबाट आफू बच्न र आफूले आर्जन गरिसकेको अवैध रकमलाई पचाउनका लागि विदेशी भूमिमा अलपत्र परेका नागरिकहरुलाई रोक्न हरप्रयत्न गरियो। विश्वका केही देशले त रोजगारी गुमेका नेपालीलाई आफ्नै खर्चमा उद्धार गरी दिने सहानुभूति देखाउँदासमेत नेपाल सरकारले अनुमति दिएन। 

भारत सरकारसँगको समन्वयमा रोजगारी गुमाएर त्यहाँ अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार तथा सुरक्षित व्यवस्थापन गर्नु त परै जाओस्, घर फर्कने क्रममा आफ्नै खर्चमा निकै महँगो भाडा तिरेर भारतका विभिन्न स्थानहरुबाट सीमा क्षेत्रमा आइसकेका आङ्खना नागरिकहरुलाई न्यूनतम गासबासको व्यवस्था पनि नगरी लकडाउनको नाममा सीमा क्षेत्रमै हप्तौँ तथा महिनौँसम्म रोकेर अलपत्र पारियो र महँगो गाडीभाडा तिरेर सुरक्षित रुपमा सीमा क्षेत्रमा आइपुगेका नागरिकलाई हजारौँका हूलमा मिसिन बाध्य पारेर भाइरस संक्रमणको खतरालाई बढाई कालको मुखमा धकेल्ने कुकर्म गरियो। 

सीमा नाकाहरुबाट प्रवेश नपाएपछि अत्ताल्लिएका कतिपयले लुकिछिपी रातको समयमा पनि चोरबाटोबाट प्रवेश गरे भने कतिपयले कालीनदीमा हाम फालेर आफ्नो मातृभूमि फर्किने प्रयास गरे। यसरी भित्रिएका नागकिबाट पनि समाजमा संक्रमण फैलियो। जीवन गुजाराका लागि बाध्यताबस विदेसिएका आफ्ना नागरिकलाई जीवनमरणको संवेदनशील समयमा देश फर्किन लागेका बेला तिनीहरुमाथि अपराधीजस्तो व्यवहार गरिनु हँदैसम्मको गैरजिम्मेवारीपना र अपराधको पराकाष्ठा नाघ्नु हो। 

भारतबाट फर्किएकाहरुमा भाइरसको संक्रमण अधिक देखिनु पहिलो कारण त्यही सीमा क्षेत्रमा हजारौँको हूलमा महिनौँसम्म मिसाउनु र दोस्रो कारण स्वास्थ्य, सरसफाइ र भाइरस संक्रमण रोक्ने सुरक्षाका न्यूनतम मापदण्ड पनि कायम नगरी स्वच्छ हावा प्रवाह नहुने कोठा, गोठ, छाप्रोमा हुलका हूल क्षमता भन्दा बढीलाई रहन बाध्य पारिनु हो। सीमा क्षेत्रमा भोक, प्यास, थकान, अनिदो र शोकले जीर्ण कमजोर पारिएका नागरिकहरुलाई फेरी क्वारेन्टाइन नामका असुरक्षित कालकोठरीमा हुलेर प्राणको त्यान्द्रो पनि छिन्ने सम्मको अपराध गरियो। केही व्यक्तिमा मात्र सीमित रहेको हुन सक्ने भाइरस त्यही असुरक्षित रुपमा रहेका क्वारेन्टाइन कारागारहरुमार्फत कोरोनाको व्यापक रुपमा खेती गरियो। 

आरडीटी कीटहरु नक्कली रहेको भन्दै केही देशहरुले फिर्ता गरिरहेकै समयमा नेपालले भने जानिजानी तिनै नक्कली कीटहरु सक्कलीभन्दा निकै महँगोमा खरिद गरियो। नेपालमा नक्कली आरडीटीको फल्स नतिजा पहिलोपल्ट हेटौँडामा रहेका झन्डै दर्जन व्यक्तिमा पुष्टि भएको थियो तर पनि तिनै नक्कली कीटहरुको व्यापारलाई सम्बन्धित मन्त्रालयले निरन्तरता दियो। स्वास्थ्य मन्त्रालयअन्तर्गत भएका राम्रै पीसीआर मेसिनहरुलाई थन्क्याएर पीसीआर मेसिनको नाममा नक्कली पोर्टेवल पीसीआर मेसिन भिœयाइयो। भिन्नै कम्पनीको कीटका कारण ती मेसिनहरुले सही तथ्यांक नदिएको र कतिपय कामै नगर्ने अवस्थामा पुगेको भनेर थन्क्याइएकाले त्यसमा गरिएको लगानी खेर गयो। 

पछिल्लो समयमा नक्कली आरडीटी कीटहरुको जा“चबाट संक्रमण नदेखिएर घर पठाइएका व्यक्तिको मृत्युपश्चात संकलित स्वाब पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका घटनाहरु बढ्न थालेको र सुरक्षित भनेर पठाइएका व्यक्तिहरुबाट समुदायस्तरमा देशका कुनाकाप्चामा कोरोना विस्तार हुन थालेपछि निकै भयावहको स्थिति सिर्जना भएको छ। 

एकातिर कोरोना नियन्त्रण गर्ने नाममा लकडाउनको नाटक रचेर जीविकोपार्जनका माध्यमहरु बन्द गरेर देशलाई भिखारी बनाउने तथा भोकले मर्र्ने स्थितिको सिर्जना गरिएको छ। अर्कोतिर बिना जा“च धोकापूर्ण आरडीटी तथा संक्रमित निको नभई अस्पतालबाट घर पठाउने आदि आत्मघाती कदम लिएर सरकारले दोहरो मापदण्ड अपनाई देशलाई सिध्याउन लागि परेको छ। 

कोरोना नियन्त्रणको नाममा दशौं अर्ब खर्च देखाइएको भनिए पनि अलपत्रहरुको बीचबाटोबाट उद्धार गर्नेदेखि लिएर क्वारेन्टाइनसम्म विभिन्न व्यक्ति, संस्था तथा केही स्थानीय निकायहरुले सहयोग गरेको देखिन्छ। तर संघीय तथा प्रदेश सरकारले कोरोना उत्पादन, विकास र विस्तार गर्नुका साथै जीउने आधार भत्काएर नागरिकहरुको स्वास र लास माथि व्यापार गर्ने कुकर्मबाहेक कुनै योगदान देखिँदैन। असन्तुलित सडेगलेको खाना, फोहर पानी, तनावपूर्ण जीवनशैली, भयभित  वातावरण, जीविकोपार्जनको आधार गुमाउनु आदि कारणले शरीरको प्रतिरक्षा प्रणाली क्षीण हुन गई सामान्य रुघाखोकी, ज्वरो र तनावले पनि ज्यान गुमाउने स्थिति पैदा भएको समयमा भाइरसको प्रकोपले ज्यान जानु कुनै ठूलो कुरा होइन। तर यस्तो परिस्थिति सिर्जना गरिनु भने सामान्य मान्न सकिँदैन। 

अस्तव्यस्त किलर क्वारेन्टाइनमा अब त कोरोना र अन्य सामान्य रोग मात्र नभएर बिच्छी तथा सर्पबाट पनि ज्यान खतरामा परेको छ। लामखुट्टेको टोकाइबाट डेंगु, मलेरिया, एन्सिफ्लाटिस फैलिएको छ। फोहर खानपिनबाट झाडा पखाला, हैजा, टाइफोइड आदि फैलिन थालेको छ भने वर्षातको पानीमा भुइँमा सुत्दा निमोनियाको समस्या बढेको छ। 

त्यसैगरी उद्योगपति, व्यवसायी, कृषक, मजदुर आदि सबैको बाँच्ने आधारमा प्रहार हुँदा डिपे्रसनको समस्या बढेको छ। लकडाउनकै अवधिमा रोगबाट ज्यान गुमाउनेको संख्याभन्दा निकै बढी आत्महत्याका घटनाहरु हुनु बा“च्ने आधार गुमाइको असर हो। कोरोनाको नाममा सरकारले सिलसिलाबद्ध रुपमा गरेका ज्यादतीले कतिपय नागरिकले ज्यान गुमाइसकेका छन् भने बा“चेकाहरुलाई पनि जीवनमरणको दोसा“धमा पारेर मर्न विवश पारिँदैछ अर्थात जानीजानी नागरिकको हत्या गरिँदैछ !

खर्चको हिसाव खोजिदा सरकार प्रमुख कै भनाइमा पनि हिसाब भन्दा नागरिकको जीवन ठूलो हो। सम्माननीयज्यूको भनाइ त ठीकै हो तर उहा“को भनाइ र गराइमा कहा“ तालमेल भयो बुझि नसक्नु छ। 

कोरोना देशका कुनाकाप्चामा विस्तार गरिनु तर पीसीआर मेशिनको अभावमा त्यसको परीक्षण गर्ने व्यवस्था प्रदेशको एक स्थानमा मात्र सीमित हुनु निकै गैरजिम्मेवारीपना हो। अर्बौको हिसाब बोकेर करीव डेढ करोड पर्ने भनिएको सक्कली पीसीआर मेसिनको खरिदमा किन कन्जुस्याइँ गरिएको हो ? सरकार दिवालिया भएको हो भने सबैले चन्दा उठाएर सके जिल्लामा एउटानत्र प्रदेशमा तीन चारवटा जति मेशिनको व्यवस्था गर्नुपर्यो।। सरकारले चाह्यो भने अहिलेसम्म गरेको अपराधलाई पखाल्न नागरिकप्रति जिम्मेवार भई ६०१ सभासदको सांसद विकास कोषको रकम उपयोग गरी प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा सामग्री सम्पन्न आवश्यक स्वास्थ्यकमीका साथ भरपर्दो पीसीआर मेसिनबाट जा“चको व्यवस्था यथाशीघ्र गर्न गराउन सक्छ।

कोरोना नियन्त्रणमा आइसकेका विश्वका केही स्थानहरुमा लकडाउनको खुकुलोपनासँगै पुनः बल्झिन थालेको र हाम्रो देशमा कोरोना सामुदायिक विस्तारको चरणमा रहेकाले आवश्यक जनशक्ति र भेन्टिलेटरका साथ सर्वसुलभ कोेरोना विशेष अस्पतालहरुको व्यवस्था पनि यथाशीघ्र गरियोस् साथै भयरहित वातावरणमा नियमित स्वास्थ्य उपचारको व्यवस्थापन पनि गरियोस्। आउँदा दिनहरु निकै जटिल अवस्थाबाट गुज्रनु नपरोस् भनेर ढिलै भए पनि सरकारले आवश्यक व्यवस्था गरोस् शुभकामना ! (लेखक पर्यटन व्यवसायी हुँ ।)