काठमाण्डौ । नयाँ कडा खालको कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बेलायतमा पुनः देशव्यापी लडाउन गरिएको छ।

प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रिपरिषद्को आकस्मिक बैठक डोकेर देशव्यापी लकडाउनको घोषणा गरेका हुन्। जोन्सनले कोरोनाको नयाँ कडा स्वरुपले प्रकोपका रुप नलियोस् भन्नका लागि पुनः लकडाउन गर्नुपरेको बताएका छन्। लकडाउन आउँदो सोमबारदेखि लागू हुने उनले जानकारी दिए। 

जोन्सनले लन्डनमा मात्रै कोरोनाको नयाँ संक्रमणबाट ६० प्रतिशत मानिस प्रभावित भइसकेको बताए। ‘यतिबेला हामी सबैजना सजग र सतर्क रहन आवश्यक छ’, उनले भने। 

यसअघि कोरोनाको नयाँ भेरियन्ट देखिएपछि बेलायतमा क्रिसमसका बीच लन्डन र दक्षिणपूर्वी सहरहरुमा कठोर प्रतिबन्ध लगाइएको थियो। – एजेन्सी