काठमाण्डौ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि राहदानी विभाग राहदानी वितरण कार्य स्थगित गरेको हो। 

विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको  विभागले जनाएको छ। यो अवस्थामा राहदानीका लागि (emergency@nepalpassport.gov.np) मा अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित राहदानीका लागि अनुरोध गर्न सकिने विभागले जनाएको छ। सीमित सेवाग्राहीलाई प्राथमिकताका आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई दिनभित्र ईमेलबाटै जानकारी गराउन छ।

त्यस्तै विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगित गरेको छ। अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताका आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ।

यसैगरी जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने विभागले जनाएको छ। 

कोभिड १९ को तेस्रो लहरका कारण गर्नुपरेको सेवाप्रवाहको यो वैकल्पिक प्रबन्धबाट पर्न जाने असुविधाप्रति विभागले  क्षमा मागेको छ।