काठमाण्डौ । भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट देखिएको छ।

मुम्बईका एक व्यक्ति एक्सई भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो। बीएमसीका अनुसार मंगलबार मुम्बईमा २३० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये २२८ जना ओमिक्रोनबाट संक्रमित भएको भेटिएको छ। तीमध्ये एकजना एक्सई र अर्को एकजना काप्पा भेटिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो। 

एक्सई भेरियन्टबाट संक्रमित व्यक्तिमा कुनै गम्भीर लक्षण देखिएको छैन। भारतमा ओमिक्रोन भेरियन्टको प्रभाव डेल्टाको जस्तो नदेखिएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

अहिले पनि भारतमा दैनिक झन्डै एक हजारको हाराहारीमा कोरोना संक्रमित भइरहेका छन्। –एजेन्सी