काठमाण्डौ । चीनमा तीव्रगतिमा फैलिरहेको कोरोना महामारीको त्रासले भारतको आज सेयर बजार हलचल मच्चिएको छ। 

आज सेन्सेक्स १.६१ प्रतिशत अर्थात ९८०.९३ अंकको ठूलो गिरावटका साथ ५९८४५.२९ मा बन्द भएको छ। जब कि एनएसई निफ्टी ३२०.५५ अंक अर्थात १.७७ प्रतिशतले घटेर १७८०६.८ को विन्दुमा बन्द भएको छ। 

टाटा स्टिल, टाटा मोटर्स, स्टेट बैंक अफ इन्डिया, बजाज फिनसर्भ, रिलायन्स इन्डस्ट्रिज, बिप्रो, इन्डसइन्ड बैंक, एलएन्डटी र मारुती सुजुकीको सेयरभाउमा पहिरो गएको छ। 

चीनमा कोभिडको नयाँ सबभेरिएन्टले मच्चाएको विनाशका बीच एसियाली सेयर बजार कमजोरी देखिएको छ । एसियाका अन्य बजार, सियोल, टोकियो, सांघाई र हङकङमा पनि नकारात्मक प्रवृत्ति कायम छ।

भारतमा विदेशी संस्थागत लगानीकर्ताबीच तीव्र बिक्रीको प्रवृत्ति देखिएको छ। 

तथ्यांकअनुसार बिहीबार एफआईआईले भारतीय बजारबाट ९२८.२३ करोड रुपैयाँ फिर्ता लगेका छन्। तर, अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य १.८९ प्रतिशतले बढेर प्रतिब्यारेल ८२.५१ डलर पुगेको छ। –एजेन्सी