काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुकभर थप ३३ जनाको मृत्यु भएको छ। यीसँगै देशभर हालसम्म कोरोनाबाट ३ हजार २७९ जनाको मृत्यु भएको भइसकेको छ। हिजो मुलुकभर ३५ जनाको मृत्यु भएको थियो। जुन हालसम्मकै सर्वाजनिक हो।

पछिल्लो २४ घन्टामा थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५ हजार ६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा कोरोना पुष्टि भएको हो। योसँगै हालसम्म मुलुकभर ३ लाख २३ हजार १८७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप २ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा मात्रै २ हजार ४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुर १३३ जना छन्।

यो अवधिमा थप ९२८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ। 

हाल मुलुकभर ३८ हजार ८१३ जना सक्रिय संक्रमित छन्।