काठमाण्डौ। देशभर एकैदिन कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १५ जनाको मृत्यु भएको हो। योसँगै मृतकको कुल संख्या ११ हजार ६८७ पुगेको छ। 

पछिल्लो २४ घन्टाको अवधिमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा थप ५ हजार २९२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ पुगेको छ। 

हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन्। जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत छन्।