काठमाण्डौ । देशभर कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जसअनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालयले जनाएको छ। त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ।

पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।