काठमाण्डौ । ब्राजिलको अवस्था कोरोनाभाइरसको कहरका कारण दिनानुुदिन खस्किदै गइरहेको छ । 

कोरोनाको संक्रमण र यसबाट हुुने मृत्युुको सूचिमा ब्राजिल विश्वकै दोस्रो स्थानमा रहेको छ । यो सूचिको पहिलो स्थानमा अमेरिका रहेको छ । 

ब्राजिलको प्रमुुख सहर साओ पाउलोमा कोरोना संक्रमणका कारण मृत्युु हुुनेको संख्या यति बढेको छ कि त्यहाँ शव गाड्नका लागि चिहानमा ठाउँ समेत अभाव हुुन थालेको छ । त्यसैले त्यहाँको प्रशासनले चिहानमा गाडिएका पुुराना शवहरुलाई जबर्जस्ती निकालेर कोरोनाबाट मृत्युु भएकाहरुको शवलाई त्यहाँ गाडिरहेको छ । 

साओ पाउलो म्यसुनिसिपल कर्पाेरेशनका अनुुसार तीन वर्षभन्दा पुुराना चिहान खनेर त्यसमा रहेका अवशेषहरुलाई एउटा ठूलो कन्टेनरमा जम्मा गरिँदैछ । यि कन्टेनरहरुलाई अहिले अस्थायी रुपमा राखिने जनाइएको छ । १५ दिनपछि यी अवशेषहरुलाई अन्य चिहानमा गाडिने समाचारमा उल्लेख गरिएको छ । 

साओ पाउलोका नगर प्रमुुख समेत कोरोनाबाट संक्रमित बनेका छन् । स्वास्थ्यकर्मीका अनुुसार उनमा कोरोनाको कुुनै पनि लक्षण नदेखिए पनि परीक्षणका क्रममा कोरोना भएको पुष्टि भएको थियो । ब्राजिलमा कोरोनाबाट संक्रमित हुुनेको संख्या ८ लाख पचास हजारभन्दा धेरै पुुगेको छ । त्यस्तै कोरोनाबाट मृत्युु हुुनेको संख्या पनि ४७ हजारभन्दा धेरै पुुगेको छ ।