काठमाण्डौ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर भुसको आगोझैँ फैलिन थालेको छ। 

भारतमा हरेक दिन नयाँ संक्रमितको आँकडाले नयाँ रेकर्ड कायम गरिरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबारमात्रै भारतमा १ लाख ९९ हजार ६२० जनामा कोरोना पुष्टि भएको हो। अहिले भारतमा एकैदिनको हालसम्मकै उच्च आँकडा हो। 

भारतमा विशेषगरी महाराष्ट्र, कर्नाटक, राजस्थान, बिहार, उत्तरप्रदेशजस्ता राज्यमा कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेको छ।

उता संक्रमितसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि भारतमा लगातार बढिरहेको छ। बुधबार एकैदिन भारतमा १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ। मृत्युको दैनिक आँकडाअनुसार यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो। – एजेन्सी