काठडमाण्डौ । कोरोना भाइरसको नयाँ म्युटेन्ट भेरिएन्ट एक्सई ओमिक्रोनको सबभेरिएन्ट बीए.१ भन्दा करिब १० प्रतिशत बढी संक्रामक हुन सक्ने बताइएको छ।

यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि चिन्ता व्यक्त गरेको छ । एक्सई ओमिक्रोनको दुई सबभेरिएन्ट बीए.१ र बीए.२ को पुनः संयोजक स्ट्रेन हो। 

डब्ल्यूएचओले आफ्नो हालैको रिपोर्टमा यसको संक्रामक दर र रोग व्यवहारमा उल्लेखनीय परिवर्तन नभएसम्म यसलाई ओमिक्रोन भेरिएन्टसँग जोडेर हेरिने उल्लेख गरेको छ। रिपोर्टमा यसको सामुदायिक वृद्धि दर बीए.२ को तुलनामा १० प्रतिशत बढी रहेको संकेत गरिएको छ। यद्यपि यो पुष्टि गर्न थप डाटा आवश्यक देखिन्छ। 

बीए.२ सबभ्यारिएन्ट अब संसारका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको डब्ल्यूएचओले जनाएको छ। ‘यसको सिक्वेन्स्ड मामिलाको संख्याको लगभग ८६ प्रतिशत छ’, डब्ल्यूएचओले भनेको छ।

एक्सई स्ट्रेन पहिलोपटक बेलायतमा गत जनवरी १९ मा पत्ता लागेको थियो। त्यसपछि ६०० भन्दा बढीमा एक्सईको संक्रमण पुष्टि भइसकेको छ। 

बेलायतको हेल्थ प्रोटेक्सन एजेन्सी (एचएसए)की प्रमुख चिकित्सा सल्लाहकार सुजेन हप्किन्स यसको संक्रामकता, गम्भीरता वा यसविरुद्ध कोभिड–१९ विरुद्ध खोपको प्रभावकारिताका बारेमा निष्कर्ष निकाल्न पर्याप्त प्रमाण नरहेको बताउँछिन्। –एजेन्सी