काठमाण्डौ। कोरोना महामारीका कारण चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढी प्रभावित भएको छ।
गत अप्रिल महिनामा चीनको खुद्रा बिक्री ११.१ प्रतिशतले घटेको छ। जुन अर्थशास्त्रीहरुले अनुमान गरेको ६.१ प्रतिशतभन्दा निकै कम हो।
त्यस्तै औद्योगिक उत्पादन पनि २.९ प्रतिशतले घटेको छ। जुन सन् २०२० पछिकै सबैभन्दा खराब हो।
यसैगरी बेरोजगार दर पनि रेकर्डस्तरमा पुगेको छ। सहरी बेरोजगारी दर ६.१ प्रतिशतले वृद्धि भएको छ।
चीन सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न लगाएको प्रतिबन्धहरुका कारण एसियाली सेयर बजारसमेत प्रभावित बनेको छ। हङकङ हाङ सेङ, सांघाई कम्पोजिट र कोरियाको कोप्सी इन्डेक्समा ०.३ प्रतिशतदेखि ०.५ प्रतिशतसम्मको गिरावट आएको छ।
सन् २०२२ मा चीनको अर्थतन्त्रले ४.८ प्रतिशतको वृद्धिका साथ राम्रो सुरुआत गरेको थियो। तर, कोरोना महामारी पुनः फैलिएपछि चीन सरकारले जारी गरेको लकडाउन र प्रतिबन्धहरुका कारण अर्थतन्त्र प्रभावित बन्न पुग्यो।
अहिले चीनका ३१ वटा सहरमा पूर्ण वा आंशिक लकडाउन जारी गरिएको छ। लकडाउनका कारण टेस्ला, भोल्सवागेन र आईफोनजस्ता कम्पनीहरुले उत्पादन बन्द गरेका छन्। –एजेन्सी
4 minutes ago
25 minutes ago
36 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago