काठमाण्डौ । कोरोना संक्रमण पुनः बढ्न थालेपछि चीनको एउटा सहर पूर्ण रुपमा लकडाउन गरिएको छ।

चीनको गान्सु प्रान्तको राजधानी लानजुको एहतियान पूर्ण रुपमा लकडाउन गरिएको हो। यो सहरमा करिब ४० लाख मानिसको बसोबास रहेको छ। मानिसहरुलाई अत्यावश्यक अवस्थामा मात्रै घर बाहिर निस्किन भनिएको छ। 

हिजो चीनमा २९ जनामा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये केवल ६ जनामात्रै लानजु सहरका थिए। 

स्थानीय अधिकारीहरुका अनुसार अहिले लानजु सहरमा आवागमन पूर्ण रुपमा नियन्त्रणमा राखिएको छ। सबै मानिसलाई आफ्नो घरभित्रै बस्न भनिएको छ।

चीनमा हाल बढ्दै गएको कोरोना संक्रमणको मामिलाको मुख्य कारकका रुपमा डेल्टा भेरियन्टलाई लिइएको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार परीक्षणको दायर बढाएरसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ। –एजेन्सी