काठमाण्डौ । कोरोनाको तेस्रो लहरको चेतावनीबीच अमेरिकामा एकैदिन झन्डै ११ लाखजनामा संक्रमण पुष्टि भएको छ। तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरिएन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरुले चेतावनी दिएका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार एकैदिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार २११ जना संक्रमित थपिएका छन्।

हाल अमेरिकामा पुष्टि भएका संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरिएन्ट पाइएको छ।

सरकारी पहलबारे आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले संक्रमण बढे पनि विद्यालयहरु खुलै राख्न आह्वान गरेका छन्।

यसअघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीहरुको संख्या पछिल्ला साताहरुमा निकै कम रहे पनि अस्पताल भर्ना हुन आउनेहरुको संख्या विस्तारै उकालो लागिरहेको बताइएको छ। –बीबीसीबाट