काठमाण्डौ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनसहितको संक्रमण नेपालमा समेत बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा थप कडाइ गरिने भएको छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तापुर जिल्ला प्रशासन कार्यालयले माघ ४ गते राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्। नयाँ आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ। गोष्टी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न आदेश दिइएको छ। 

भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन आदेशमा भनिएको छ। 

माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायतमा माघ १५ गतेसम्म बन्द गर्ने निर्णय पनि प्रशासनले गरेको छ। धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थनामात्र गर्ने गराउने पनि आदेशमा भनिएको छ। सार्वजनिकस्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनुपर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउनेलगायतका आदेश पनि जारी गरिएको छ। 

लामो दूरीमा चल्ने सार्वजनिक यातायातामा बीच बाटोमा थप यात्रु नबढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड–९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउन पनि आदेश दिइएको छ। 

यस्ता छन् थप आदेशहरु–